प्रेस विज्ञप्ती / सूचना पाटी

कोलोराडोमा बाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको उपस्थितीमा प्रवचन हुदै

प्रकाशित |
कोलोराडो(अमेरीका)- नेपाली भाषीको बाक्लो बसोबास रहेको कोलोराडोमा सुप्रसिद्ध वाचन प्रवीण दिनबन्धु पोखरेलको उपस्थितीमा सत्संग कार्यक्रमको आयोजना गरिने भएको छ ।

यही सेक्टेम्बर १७ सुक्रवारका दिउंसो २ बजे देखी सांझ ६ बजेसम्म पुराणा सम्पन्न भएको स्थान भिलेज एक्सचेन्च सेन्टर अरोरामा आयोजना गरिन लागेको अरोरा निवासी जगदिश चन्द्र ढकालले बताएका छन् । पंण्डित पोखे्रलको मुखारबिन्दबाट बाचनहुने प्रवचन तथा भजन किर्तन कार्यक्रममा सहभागी भई आध्यात्मिक ज्ञान प्राप्त गर्नुहुन कोलोराडो बासी सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

नेपाली समुदायको विशेष अनुरोधमा गुरुले समय मिलाउनु भएकोले यस विशेष अवसरमा सहभागी हुनपाउने मौका नगुमाउन सबैलाई अनुरोध गरिएको छ ।  

कोलोराडोमा कृयाशिल सबै संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धीजिवी,  समाजसेवी, कलाकार, पत्रकार ब्यावसायी, सर्वसाधरण सबैलाई यो संदेश घर–घरमा पु¥याई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको छ ।
 

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट

नातिबाबु भट्ट

नातिबाबु भट्ट -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया