मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाज टेक्सासद्वारा सञ्चालित स्कुलमा अनलाइन कक्षा सुरू

नेपाली समाज टेक्सासद्वारा सञ्चालित स्कुलमा अनलाइन कक्षा सुरू


टेक्सास । नेपाली समाज टेक्सासले सञ्चालन गर्दै आएको स्कुलले आगामी हप्तादेखि फुल सेसन स्कुल सुरु गर्ने भएको छ । नेपाली समाज टेक्सासले गत हप्ता मंगलबार, बुधबार र आइतबार फेसबुक लाइभ कार्यक्रम गरेर विस्तृत जानकारी गराएको हो । 
 
नेपाली समाज टेक्सासको आधिकारिक फेसबुक पेजमा उक्त भिडियो पोष्ट गरिएको छ र यसबाट पूर्ण जानकारी पाउन सकिन्छ। पहिले कक्षाकोठामै पढाइने स्कुल गत वर्ष कोराना कहरपश्चात अनलाइन कक्षा सञ्चालन गरिँदै आएको हो।
 
बालबालिकाहरुलाई विभिन्न ६ विषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरी तयारी गरिएको जानकारी स्कुलका प्रिन्सिपल विजयराज भट्टराईले गराए । विगतका सेसनहर झैँ यसपटक पनि यो अनलाइन स्कुल संसारभरिका जोसुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ। 
 
स्कुल भर्ना गर्नको निमित्त तलको लिङ्कमा क्लिक गरेर फर्म भरेर, प्रतिविषय, प्रतिविद्यार्थी २५ युएस डलर शुल्क तिर्नुपर्नेछ।