डिसी । अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका युवा उत्सव सिंह अन्तिम चरण (फाइनल) मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका (म्यागजिन) ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फाइनलबाट फाइनलमा प्रवेश गरेका छन् ।
स्मरण रहोस् ,सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा सहभागी भै दुईवटा स्वर्ण पदक हात पार्ने उनी नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमी फाइनलबाट फ़ाइनलमा प्रवेश गर्दै अर्को फड्को हानेका छन् । उनले सबै विश्वमा रहनु हुने सबै नेपाली समुदायलाई मतदान गर्न आग्रह गरेका छन् । अन्तिम चरण अर्थात् फ़ाइनलको मतदान अगस्त ५ सम्म राति ७ बजे (प्यासिफिक समय) सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भैसकेको छ ।
८ वटा समूह रहेकोमा उनी आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण (फाइनल) मा पुग्दै अब उनले ८ जनासँग प्रतिष्पर्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।
अमेरिकी पत्रिका (फिचर्ड मसल एण्ड फिटनेस नामक पत्रिकामा बिजेताको तस्विर उक्त पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित गर्नेछ ।
अमेरिकी इतिहासमा नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै पत्रिकामा सहभागी भै अन्तिम चरणमा पुग्ने पनि अहिले सम्म उनि एक मात्र नेपाली हुन् । उनी बिजेता भएमा केही समाज सेवामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
टेक्सस राज्यको ड्यालसमा विगत ७ वर्षदेखि बसोवास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल सहरमा सम्पन्न एनपिसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।
प्रतिक्रिया