अमेरिका समाचार

अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनमा अध्यक्ष पोखरेलको स्वागत

अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनमा अध्यक्ष पोखरेलको स्वागत


भर्जिनिया, अमेरिका । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका आइपुगेका छन् । उनी अमेरिकाको पूर्वीय समयअनुसार जुलाई २२ बिहान करिब ९ बजे अवतरण गरेका हुन् ।
 
उनलाई भर्जिनियास्थित डुलस अन्तर्राष्ट्रिय विमानस्थलमा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, कार्यकारी समिति सदस्य निदेश अधिकारी, नेजाका सदस्यहरू विजय घिमिरे, अनिल अधिकारी, सोफिन थापा, आशिष संग्रोला बोर्ड अफ डाइरेक्टर एनआरएन अमेरिकालगायतले विमानस्थलमा स्वागत गरेका थिए । 

 
संघको अधिवेशन आउँदो शनिबार र आइतबार भर्जिनियामा हुँदैछ ।
 
अध्यक्ष न्यौपाने टेक्सस राज्यबाट गत जुलाई २१ को दिन नै भर्जिनिया आएका हुन् । अधिवेशनको काम अन्तिम अवस्थामा रहेको र केही छिटपुट कामहरु जोडतोडको साथ भइरहेको रहेको निदेश अधिकारीले बताए । 
 
स्मरण रहोस् ,नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई नै निमन्त्रणा गर्ने प्रचलन छ ।
 
यस्तै, अधिवेशनमा विशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, गैरआवासीय नेपाली संघ अमेरिका, विभिन्न संघरसंस्था तथा स्थानीय संघरसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता हुने बताइएको छ ।
 

Advertisement