मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति

अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति


वासिङ्टन । विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो । 
 
दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उनीहरुको अहिलेको भेटवार्तालाई धेरै महत्त्वका साथ हेरिएको छ । वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो । 
 
बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिएका थिए र।  
उहाँहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गर्नु भएको जनाइएको छ । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।
 
त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरूमा उल्लेख गरिएको छ । 
झण्डै साढे २ वर्षदेखि जेलमा राखिएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा पनि उहाबीचमा पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् । 
 
त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन । उनीहरूले कतिपय विषयमा आ–आफ्ना अडानहरू अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ । एपी