अस्टिन (टेक्सस) । ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)को ट्रस्टी बैठकले गेहेन्द्र केसीको संयोजकत्वमा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
विधानअनुसार ग्यान्स कार्यसमितिका अध्यक्ष नै पदेन सचिव रहने प्रावधानअनुसार निम्न अनुसारको सञ्चालक समिति चयन भएको छ । समितिका सहसंयोजकमा देवराज न्यौपाने, सचिवमा भोजराज भट्ट र कोषाध्यक्षमा सकुल कोइराला चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा कृष्ण जिसी, निरोज मानन्धर, विदुर खतिवडा, टोप डाँगी, कला उप्रेती, डा. कमल अधिकारी, डा. प्रमोद शर्मा र रामकुमार महतो छन् ।
त्यस्तै बैठकले समन्वय उपसमिति, सामुदायिक केन्द्र उपसमिति, मन्दिर उपसमिति, प्राविधिक सहयोग उपसमिति र प्रचार प्रसार उपसमिति गठन गरेको छ ।
प्रतिक्रिया