मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

के विट्क्वाइन सुन जस्तै हो ?

के विट्क्वाइन सुन जस्तै हो ?


अमेरिका । अमेरिका र चीनले लिएको नीतिका कारण आफ्नो मूल्य गुमाएको विट्क्वाइनका लागि गत साताअध्ये अमेरिकी देश एलसाल्भाडोरले केही सुखद समाचार दियो । एलसाल्भाडोरले विट्क्वाइनलाई भुक्तानीको माध्यममा रुपमा मान्यता दिने निर्णय गरेको छ ।  
 
तर, यो सुखद समाचारले क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा उच्च स्थानमा रहेको विट्क्वाइनको भाउ भने बढ्न सकेन । प्रति विट्क्वाइन अहिले पनि ३५ हजार अमेरिकी डलरको हाराहारीमा तल माथि भइरहेको छ । जबकि केही साताअघि यसको मूल्य ६५ हजार डलरसम्म पुगेको थियो । 
 
धेरैले विट्क्वाइन केही सातापछि प्रति युनिट २० हजार डलरको आसपासमा आएर बस्ने विश्लेषण गरेका छन् । विट्क्वाइन मात्र होइन डोजक्वाइनलगायतको मूल्य पनि तल झरेको छ । 
 
के विट्क्वाइन वा यस्तै क्रिप्टोकरेन्सी लगानीका लागि सुरक्षित छन् ? वा यी क्वाइनहरु सुनचाँदी वा हिरा जवराहत जस्तै मूल्यवान हुन ? 
 
विट्क्वाइनलाई कतिले डिजिटल गोल्ड पनि भन्छन् । वास्तविकतामा सुन, हिरा, जवहरातको पनि कुनै मूल्य हुँदैन । मानिसले कति तिर्न चाहन्छन यही आधारमा मूल्य तय हुने हो । पुराना पुस्ता सुन हिरा जस्ता वस्तुमा पैसा लगाउँथे अब नयाँ पुस्ताको भने डिजिटल करेन्सीमा आकर्षण बढेको छ । यही कारण विट्क्वाइनको मूल्य ६५ हजारसम्म पुगेको हो । 
 
तर, सुन र विट्क्वाइन लगानीका लागि उस्तै हुन भन्ने भ्रममा भने नपर्दा हुन्छ । सुन वा हिरा जस्ता धातु गहनाका रुपमा प्रयोग हुन्छ । नेपाल भारतलगायतका देशमा त सुनप्रति निकै ठूलो आकर्षण छ । विवाहलगायतका संस्कारमा सुन अनिवार्य जस्तै मानिन्छ । तर, क्रिप्टोकरेन्सीको यस्तो उपयोग हुन सक्दैन । 
 
अर्को क्रिप्टोकरेन्सीलाई कुनै पनि देशले प्रत्याभूति गरेका छैनन् । त्यसैले यसको मूल्य कति हुने यो किन्नेको लतबाटै तय हुन्छ । मतलब क्रिप्टोकरेन्सीलाई कुनै पनि सरकारबाट सुरक्षा प्रदान गरिएको छैन । केही तल माथि भयो भने सीधा लगानी भूस हुन्छ ।