मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पहिलो डा. हर्क गुरूङ स्मृति भलिबल कपको उपाधि सिन्धुलाई

पहिलो डा. हर्क गुरूङ स्मृति भलिबल कपको उपाधि सिन्धुलाई


न्यूयोर्क, अमेरिका । गुरूङ (तमु) सोसाइटी इन्क युएसएद्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधि सिन्धु भलिबल टिमले हात पारेको छ। 
 
निकै नै कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टिमले म्याग्दी समाज भलिबल टिममाथि ३.२ सेटको जित निकाल्दै तीन हजार डलर राशीको नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हासिल गरेको छ भने दोस्रो हुने म्याग्दी भलिबल टिमले दुई हजार डलर राशीको नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हासिल गरेको छ । 
 
मेमोरियल डे को अवसर पारेर न्युयोर्क राज्यको Long Island City, Queens Bridge पार्कमा मे २९, र ३०, २०२१ गर्न लागिएको प्रतियोगिता प्रतिकुल मौसमको कारण एक हप्तापछि जुन ५ र ६ २०२१ मा सारिएको थियो ।

 
Apollo Manufacturing Inc. र  Buddha Tax & Accounting को मुख्य प्रायोजन र अन्य विभिन्न व्यवसायी, संघसंस्था तथा व्यक्तिहरूको प्रायोजन साथै आमा समूह, युवा समूह र यी एण्डी चेङको विशेष सहयोग रहेको यस प्रतियगितामा आयोजक भलिबल टिमसहित न्युयोर्कको विभिन्न आठ भलिबल टिम र मेरिल्याण्ड, न्युजर्सी राज्यबाट एक-एक भलिबल टिमको सहभागिता रहेको थियो ।
 
प्रतियोगिताको समुद्घाटन जुन ५ को दिन आयोजक संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूङले गरेका थिए । प्रतियोगिता सुरू हुनुअघि स्व. डा. हर्कबहादुर गुरूङ र हालको महामारी कोभिड १९  को विषम परिस्थितिमा ज्यान गुमाएका सम्पूर्ण नेपालीहरूको चिरशान्तिको कामना गर्दै मौन धारण गरिएको थियो।
 
लगभग ५०० भन्दा बढी खेलप्रेमी नेपाली दर्शकहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गीतको प्रस्तुतिपछि उक्त भलिबल प्रतियोगिताको लागि रेफ्रीद्वय दीपक रोका मगर र प्रेम हमाल ठकुरीलाई भलिबल प्रदान गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो।
 
जुन ६ का दिन सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ लिम्बु रहेका थिए । यस्तै, विशेष अतिथिहरू New City District 25 Council Member उमेदवार यि (एण्डी)चेन YI (ANDY) CHEN, गैरआवासीय नेपाली संघ न्युयोर्क च्याप्टरका नवनिर्वाचित सभापति आङ छिरिङ शेर्पा, तमु प्ये ल्हु संघ, न्युयोर्कका अध्यक्ष मिलन गुरुङलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा खेल समापन भएको थियो। 

Advertisement
 
समापन समारोहमा प्रमुख अतिथि र विशेष अतिथिहरूको साथमा गुरूङ (तमु) सोसाइटीका अध्यक्ष विजय गुरूङ भलिबल प्रतियगिताको विजेता, उपविजेता टिम र विविध विधामा उत्कृष्ट खेलाडीहरू साथै संस्थासंस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूङको हातबाट आमा समूहको दौड प्रतियगितामा प्रथम, द्वितीय र तृतीय  हुने विजेताहरूलगायत कलाकारहरूलाई मेडल, प्रमाणपत्र, ट्रफी र नगद (चेक) वितरण गरिएको थियो । 
 
समापन समारोहको कार्यक्रम सञ्चालन संस्थाको सहसचिव तोरण गुरूङले गरेका थिए । समापन समारोहमा उपस्थित सम्पूर्ण खेलप्रेमीहरू, युवा स्वयंसेवकहरू, सक्रिय आमा समूह, यूवा समूह, एनवाईजीएससी प्रायोजकहरू उपस्थित संघसंस्थाका प्रतिनिधिहरू, खेलाडीहरू, रेफ्रीहरू र सहयोगी रेफ्रीहरू, डिडियाकर्मीहरु सम्पूर्णलाई संस्थाका अध्यक्ष  विजय गुरूङले धन्यवाद ज्ञापन गर्दै समापन समारोहको अन्त्य गरे । 
 
कार्यक्रम समापन समारोहपछि डिजेएलएस जाङ्बु शेर्पाले विभिन्न रोमान्चक गीतहरू बजाएर उपस्थित खेलाडीहरू र दर्शकहरूलाई नचाएर भरपूर आनन्द दिलाएका थिए । 

शेयर गर्नुहोस:

135
Shares