मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमणमा

अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमणमा


वासिङ्टन । अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्किएका छन् ।  
 
अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि कतारमा महत्त्वपूर्ण वार्ताहरु हुने गरेकाले विशेषदूत खलिलजादले ती दुवै देशको भ्रमण गर्न लागेका हुन् । उनीसँगै उहाँकै नेतृत्वमा विशेष प्रतिनिधिमण्डल पनि भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।  
 
प्रतिनिधिमण्डलमा अमेरिकी गृह प्रशासनका उच्च अधिकारीहरु, कुटनीतिक अधिकारी, रक्षा अधिकारी र युएसएआइडीका प्रतिनिधिलगायत रहेका छन् । प्रतिनिधिमण्डलले अफगानिस्तानको सरकारी उच्च अधिकारीहरुलाई राजधानी काबुलमा भेट्ने कार्यक्रम रहेको छ । 
 
त्यसैगरी अन्य राजनीतिक दलका नेताहरु, नागरिक अगुवा, महिला अधिकारकर्मीलगायत सरोकारवालाहरुसँग पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ । टोलीले अगफानिस्तानमा द्वन्द्वरत पक्षहरुलाई वार्ताको माध्यमबाट सम्झौतामा लैजाने र देशमा शान्ति कायम गर्न प्रयास गर्ने भएको छ । 
 
राजनीतिक समस्या समाधान गर्ने मूल उद्देश्यका साथ अफगानिस्तान र कतार प्रस्थान गरेको टोलीले द्वन्द्वरत दुवै पक्षसँग छलफल गर्ने भएको छ । अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ भने द्वन्द्वका कारण हजारौँको मृत्यु र लाखौँ विस्थापित भएका छन् । एएनआई