मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युलेस सिटी काउन्सिल मेम्बरमा टीका पौडेल विजयी

युलेस सिटी काउन्सिल मेम्बरमा टीका पौडेल विजयी


टेक्सस, अमेरिका । टेक्ससस्थित युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा टीका पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बर भएका हुन् । 

 
सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम गर्छन् ।  
 
म हाम्रो समुदायका मुद्दाहरु सिटीमा उठाउने छु, विजयी भएपछि टीकाले भने । निःशुल्क प्रिस्कुल, खानेपानी, सडक सुधार, पार्कलगायतका मुद्दा उठाउने टीकाले बताए ।  
 
गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । तर, यो निर्वाचनमा उम्मेदवारले ५० प्रतिशत मत पाउन नसकेपछि रनअफ राउण्डमा चुनाव पुगेका थियो । रनअफको प्रावधानअनुसार बढी मत पाउने दुई जनाबीच पुन चुनाव भएको हो । 
 
युलेस सिटी नेपालीको ठूलो जनसंख्या रहेको स्थान हो । डिएफडब्लु अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलिस सिटीमा करिब ८ हजार नेपालीको बसोवास रहेको अनुमान छ । तर, नेपाली अमेरिकन मतदाता भने करिब ६ सय थिए । 
 
अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता समाप्त हुने भएकाले अधिकांश ग्रीनकार्डमै बस्दै आएका छन् । मत हाल्न नागरिक नै हुनुपर्छ । टीकाको चुनावलाई नेपाली समुदायले पनि व्यापक समर्थन गरेको थियो ।
 
उनलाई वर्तमान राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टी, एसिएन अमेरिकन र अफ्रिकन अमेरिकनको सहयोग थियो ।