मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ड्यालसमा बुद्ध जयन्तिमा विशेष कार्यक्रम

ड्यालसमा बुद्ध जयन्तिमा विशेष कार्यक्रम


ड्यालस (टेक्सस)- २५६५ औ बुद्ध जयन्तिको अवसरमा गत आइतबार  ड्यालस स्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सस तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. आशिन आर्यधम्मले बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको उल्लेख गर्नु भएको थियो। 
 
कार्यक्रमका प्रमुख  अतिथि आर्यधम्म अस्टिन, टेक्सासस्थित सितागु बुद्ध बिहारका प्रमुख भन्ते हुनु हुन्थ्यो।  प्रमुख अतिथिको आसनबाट धर्म देशनाको क्रममा वहाँले बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको उच्चस्थान रहेको उल्लेख गर्नुभयो। 
उक्त अबसरमा भन्तेले उपस्थित सबैलाई नवशील प्रदान गर्नुका साथै रत्न सुत्त तथा मेत्ता सुत्तको वाचन र प्रथम ध्यान बिधिको छोटकरीमा व्याबहारिक तालिम समेत दिनु भएको थियो। 
 
ऐशोसिएसनका अध्यक्ष्य स्वयम्भू शाक्यले संस्थाको बार्षिक गतिबिधि बारे जानकारी दिंदै विगत बर्षमा कोविद्को प्रकोप हुँदा हुँदै पनि संस्थाको लक्ष्य अनुसार थुप्रै कार्यक्रम भएको चर्चा गर्नुभयो। संस्थाको लक्ष्य अनुसार गत बर्ष बिशेष गरि तीन विधा — नेपालको पारम्परिक बौध धर्म, विपस्सना तथा समता ध्यान र ध्यानको वैज्ञानिक उपयोगिता — मा केन्द्रित रहेर विभिन्न कार्यक्रम भएको जानकारी दिनुभयो ।
यस्तै सेन्टरका सचिब छवि चापागाईले यूलेसमा निर्माण हुने नयाँ मन्दिरको बारेमा जानकारी दिंदै सबैको सहयोगको लागि अपिल गर्नु भएको थियो। 
 
यस्तैगरी ऐशोसिएसनका सचिब डा नीरज बज्राचार्यले धन्यवाद ज्ञापनका क्रममा भंतेको उपस्थितिले कार्यक्रम भब्य भएको भन्दै आभार ब्यक्त गर्नु भएको थियो । साथै भन्ते आर्यधम्म ध्यानविधिमा विशेष दख्खल राख्ने गुरु भएको हुँदा वहाँ तथा वहाँ आबद्ध सितागु बुद्ध बिहार संग भबिस्यमा सहकार्य गर्ने जानकारी पनि गर्नु भएको थियो। 
 
उक्त कार्यक्रममा यूलेसमा निर्माण हुने स्वयम्भू चैत्यमा प्रतिस्थापनार्थ पाँच वटा बुद्ध मुर्ति क्रमशः मकर बज्राचार्य, स्वयम्भू  शाक्य, नीरज बज्राचार्य, महेन्द्र मानन्धर र सुनी शाक्यले प्रदान गर्ने घोषणा गर्नुभयो । ऐशोसिएसनका उपाध्यक्ष्य  शैलेन्द्र मानन्धरका तर्फबाट पाँच हजार डलर नगद तथा अन्य भक्तजन हरुबाट पनि मन्दिर निर्माणका लागि चन्दा संकलन भएको थियो।  
 
यस्तैगरि ऐशोसिएसनका नेवारी बौद्ध पुजारी उत्तम गुरुजुबाट दशापरमिता वाचन पनि भएको थियो।