मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विट्क्वाइन, इथेरियम, डोजक्वाइनको मूल्य तल झर्‍यो, जोखिम बढ्दो

विट्क्वाइन, इथेरियम, डोजक्वाइनको मूल्य तल झर्‍यो, जोखिम बढ्दो


अमेरिका । विट्क्वाइन, इथेरियम, डोजक्वाइनलगायत क्रिप्टोकरेन्सीको भाउ तल झरेको छ । के यो किन्ने समय हो ? अहिलेसम्म क्रिप्टोकरेन्सीलाई सबैभन्दा जोखिमयुक्त लगानी मानिएको छ । 
 
जोखिममा नाफा वा नोक्सानको सम्भावना पनि बढी हुन्छ । विट्क्वाइनले केही दिनयता यसको बजार मूल्य झण्डै आधा गुमाएको छ । उच्च हुँदा एउटाको ६४ हजार अमेरिकी डलरसम्म पुगेको विट्क्वाइनको मूल्य ३० हजार डलरको आसपासमा पनि आयो । आइतबार बिहान यो ३३ हजार डलरमा कारोबार भइरहेको छ । 
 
इथेरियमको अवस्था पनि यस्तै छ । ४ हजार डलरभन्दा माथि पुगेको यसको मूल्य पनि २ हजार डलरभन्दा तल झर्‍यो । डोजक्वाइनको मूल्य पनि आधाले घटेको छ । अन्य क्रिप्टोकरेन्सीले पनि यसरी नै झरेका छन् । 
 
टेस्लाका प्रमुख इलन मक्सले गाडी बिक्री गर्दा विट्क्वाइन स्वीकार नगर्ने ट्वीटपछि क्रिप्टोकरेन्सी ओरालो लाग्न थालेको थियो । त्यसपछि अमेरिकी सरकारले क्रिप्टोकरेन्सीको कारोबार राजश्व विभाग आइआरएसलाई दिनुपर्ने प्रावधान सार्वजनिक गर्‍यो । यसले गर्दा बजारमा क्रिप्टोको मूल्य घट्न थालेको थियो । 
 
यसैबीचमा गत साता चीन सरकारले क्रिप्टोकरेन्सी कारोबारलाई सीमित गर्ने र आफैँले डिजिटल मनी ल्याउन लागेको सार्वजनिक गर्‍यो । यो समाचारले अब क्रिप्टोको भविष्य के हुन्छ भन्नेमा प्रश्न उठेको छ । क्रिप्टोकरेन्सी परम्परागत पैसा जस्तो होइन । परम्परागत पैसाभन्दा डलर रुपैयाँ, पाउण्ड वा युरोलाई जारी गर्ने सरकारले प्रत्याभूत गरेका हुन्छन् । 
 
विश्वकै शक्तिशाली मुद्रा अमेरिकी डलरमा यो लिगल टेण्डर हो भन्ने लेखिएको छ । प्रत्येक डलरमा अमेरिकी सरकारका तर्फवाट ट्रेजरी र गभर्नरले हस्ताक्षर गरेका हुन्छन् । 
 
नेपाली रुपैयाँमा पनि यसको मूल्य (एक हजारको नोटमा एक हजार बराबर) माग्न आएमा त्यति बरावरको प्रत्याभूति दिन्छौँ भनिएको छ । यसको मतलव एक हजार रुपैयाँ बराबरको वस्तु दिन्छौँ भनेको हो । यसमा सरकारका तर्फबाट राष्ट्र बैंकका गभर्नरले हस्ताक्षर गरेका हुन्छन् । 
 
तर, क्रिप्टोकरेन्सीलाई कसैले पनि प्रत्याभूति गरेको हुँदैन । यो बजारले नै निर्धारण गर्छ । विट्क्वाइन कसले बनायो भन्नेसमेत जानकारी छैन । तर, क्रिप्टोकरेन्सीलाई नयाँ मुद्राका रुपमा लिइएको छ । विशेष गरी युवाहरु यसमा आकर्षित छन् । यसैले यसको बजारमा मूल्य देखिएको हो । 
 
विट्क्वाइनको उतारचढाव यो पहिलोपटक भने होइन । केही वर्षअघि एउटा विट्क्वाइनको २० हजार डलर पुग्यो । यस्तै हल्लाहरु भए । आए । फेरि यसमा ओरोलो लाग्यो । ४ हजार डलरभन्दा तल झर्‍यो । केही समय यस्तै चल्दै थियो । भाउ बढेर ६४ हजारसम्म पुग्यो । त्यो बेला चार हजारमा किन किनिन होला भन्नेहरु पनि छन् । २० हजार पुगेर घट्न थाल्दा आत्तिएर बिक्री गर्ने थुप्रै नेपालीहरु पनि छन् । फेरि बढ्यो ? पछुताउनेहरु छन् । 
 
बजार उतारचढावलाई हेरेर लगानी गर्दा जोखिम कम गर्न सकिन्छ । अहिले त्यत्ति भन्न सकिन्छ क्रिप्टोकरेन्सीले बजार लिन पनि सक्छ । लोप भएर पनि जान सक्छन् ।