मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो


न्युयोर्क । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । 
 
कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ ।
 
हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ ।
 
शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन ।
 
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको छ । अमेरिकाको कूल संख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भै सकेको सरकारी अधिकारीले बताएका छन् । एपी 
 

शेयर गर्नुहोस:

702
Shares