मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोरोना कहरमा सुरक्षित रहन नेपाल-अमेरिका पत्रकार संघ (नेजा) को अपिल

कोरोना कहरमा सुरक्षित रहन नेपाल-अमेरिका पत्रकार संघ (नेजा) को अपिल


अमेरिका । नेपाल-अमेरिका पत्रकार संघ (नेजा) का कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले ३ मे अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्ममा लागिपरेका सबै पत्रकारहरुमा शुभकामना व्यक्त गरेका छन् । 
 
उनले कोरोनाको कहरका बीच आफूलाई सुरक्षित राखेर काम गर्न सम्वद्ध सबै पत्रकारहरुमा हार्दिक अनुरोध गरेका छन् । साथै, आफ्नो सञ्चारकर्ममा लाग्दा संक्रमित भएका पत्रकारहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना संक्रमणका कारण निधन भएका दिवंगत पत्रकारहरुमा हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । 
 
प्रेस स्वतन्त्रता दिवसको यस अवसरमा अहिले पनि विभिन्न रुपबाट र विभिन्न पक्षबाट प्रेस स्वतन्त्रताविरुद्धमा भइरहेका कार्यहरुप्रति नेजाले विरोध प्रकट गरेको छ । 
 
नेजाद्वारा जारी विञप्तिमा भनिएको छ,’सूचना तथा सञ्चारको वर्तमान युगमा पनि प्रेस स्वतन्त्रताको लागि अहिले पनि निरन्तर संघर्ष गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुस्खद् हो । आगामी दिनहरु प्रेस स्वतन्त्रताको निम्ति स्वर्णिम दिनहरु बन्न सकुन् भन्ने कामनासहित विश्व प्रेस स्वतन्त्रता दिवसको नेजा सम्पूर्णमा शुभकामना व्यक्त गर्दछ ।’ 
 
सन् १९९३ मा नामिवियाको विन्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको थियो । त्यो सम्मेलनले एउटा महत्त्वपूर्ण घोषणपत्र जारी गर्‍यो । 
 
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
 
त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो । 
 
विन्डहक घोषणापत्रलाई संयुक्त राष्ट्रसंघको सभाले पारित गरेपछि युनेस्कोले त्यस्तो आव्हान गरेको हो । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा यो पटक ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने नारा तय गरिएको छ ।
 
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्त्व रहिआएको छ ।