मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टरको ९३ वर्षको उमेरमा निधन

अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टरको ९३ वर्षको उमेरमा निधन


वासिङ्टन । अमेरिका पूर्वउपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्वउपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए । 
 
पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उनको सोमबार निधन उनको परिवारले जनाएको छ । उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए । उनी १२ वर्षसम्म अमेरिकाको सिनेटर थिए । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए ।  
 
उनी अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत भएर पनि काम गरेका थिए । सिन्ह्वा