अमेरिका समाचार

अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते

प्रकाशित |
नेब्रास्का । संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् ।
 
स्थानीय प्रहरीका अनुसार ओमाहा सहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् । दुबैको अस्पतालमा उपचार भइरहेको छ । 
गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । 
 
अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ । सिन्ह्वा
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया