मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससभरि होली नै होली

टेक्ससभरि होली नै होली


ड्यालस (टेक्सस)- अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुले यस वर्ष फागु पूर्णिमा (होली) विशेष रुपमा मनाएका छन् ।
टेक्ससको युलेस, फोर्टवर्थ, हुस्टन, अस्टिनका नेपालीहरुले एक आपसमा रंग दलेर होली मनाएका छन् ।
गत वर्ष फागुकै समयमा कोरोना सुरु भएको हुँदा मनाउन पाएका थिएनन् । विगतका फागुको तुलनामा सहभागिता कम भएपनि यसपटक होली विशेष रुपमा मनाईएको हो ।
युलेसको वियरक्रिक पार्कमा आयोजित होली कार्यक्रममा डेमोक्रेटिक पार्टीका नेताहरुले समेत सकृय सहभागिता जनाएका थिए । 
उनीहरुले समेत रंग दलेर होली मनाएका थिए ।
युलेसका समाजसेवीहरु टीका पौडेल, सुशील क्षेत्री, दिनानाथ न्यौपाने, धर्मराज घिमिरे, बासु श्रेष्ठ लगायतले विगत वर्षहरुमा जस्तै यसवर्ष पनि निकै खटेर होलीलाई विशेष उल्लासमय बनाउन सहयोग गरेका थिए । 
एक वर्षसम्म भेला जमघटबाट विमुख भएका नेपाली समुदायले कोरोनालाई भुलेर होली मनाएका हुन् ।
युलेसको होलीमा सिटी काउन्सिलका उम्मेदवार टीका पौडेलको चुनावी प्रचार समेत गरिएको थियो ।