मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राष्ट्रपति बाइडेनको पहिलो प्राथमिकता : कार्यकालको सय दिनमा २० करोड मानिसलाई खोप लगाइने

राष्ट्रपति बाइडेनको पहिलो प्राथमिकता : कार्यकालको सय दिनमा २० करोड मानिसलाई खोप लगाइने


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाइने भएको छ ।  
 
ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका हुन् । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका हुन् ।  
 
‘मलाई थाहा छ यो यो लक्ष्य महत्त्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोब्बर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन् । र, मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ ।’ 
 
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।
 
करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् । सिन्ह्वा