मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

महामारीपछि अमेरिकामा पहिलोपटक बेरोजगार सङ्ख्या घट्यो

महामारीपछि अमेरिकामा पहिलोपटक बेरोजगार सङ्ख्या घट्यो


वासिङ्टन । अमेरिकामा महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाखभन्दा कम रेकर्ड गरिएको छ । एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको सङ्ख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।
 
अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्याङ्क विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार सङ्ख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाव भनिएको छ । 
 
यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्याङ्कले देखाएको विश्लेषकहरूले बताएका छन् । 
 
यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाव अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ ।
 
श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाव नियन्त्रणमा आइनसकेको भए पनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार ७४५ रेकर्ड भएको छ । एएफपी