मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कमा गिरिजा बाबुको सम्झना : जिपिके फाउन्डेसनले मनायो गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

न्युयोर्कमा गिरिजा बाबुको सम्झना : जिपिके फाउन्डेसनले मनायो गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस


हिमालय खबर, न्युयोर्क
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवस न्युयोर्कमा मनाइएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको आयोजनामा भएको स्मृतिसभामा नेपाललाई शान्तिको मार्गमा ल्याउन स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पुर्‍याउनु भएको योगदानको चर्चा गरियो । 

 
कार्यक्रममा बोल्दै च्याप्टर अध्यक्ष घिमिरेले गिरिजा बाबुले प्रतिपाद गरेको सहमति, सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य रहेकोमा जोड दिँदै नेपालमा आएको परिवर्तन स्व. गिरिजाप्रसाद कोइरालाको साहसिक निर्णयकै उपज भएकाले स्वर्गीय कोइरालाको मार्गदर्शन अहिले झन सान्दर्भिक भएको दाबी गरे ।
 
कार्यक्रममा च्याप्टरका महासचिव छिरिङ राप्के लामा, उपाध्यक्ष सुवर्ण लामा तथा कार्यसमिति सदस्य रामचन्द्र अधिकारीलगायतले गिरिजा बावुको जीवनी र योगदानबारे प्रष्ट्याएका थिए ।
 
न्युयोर्कस्थित फाउन्डेससनको कार्यालयमा आयोजित कार्यक्रम अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा गायिका सपना श्री, नेपाल अमेरिका कलाकार संघकी कार्यवाहक अध्यक्ष एवं लोक गायिका निशा सुनार, लोक गायिका संगीता थापा, समाजसेवी एवं न्युयोर्ककी महिला नेत्री मुना भण्डारी केसीलगायतले गिरिजा बाबुको योगदानको चर्चा गरेका थिए । 
 
कार्यक्रममा प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य, ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।
गिरिजा बावुको ११औँ स्मृति दिवसको अवसरमा एनआरएनए एनसिसी अमेरिकाको २०२१–२०२३ कार्यकालको चुनावका अध्यक्ष पदका चार उम्मेदवारहरु डाक्टर अर्जुन बञ्जाडे, बुद्धिसागर सुवेदी, तिलक केसी र कृष्ण लामिछानेसँग जिपीके फाउण्डेसनले बहस पनि सोही दिन दिउँसो गरेको थियो । 
 
फाउन्डेशनकी केन्द्रीय अध्यक्ष एवं पूर्वउप–प्रधानमन्त्री सुजाता कोइरालाको अवधारणामा भएको बहसमा गिरिजा बाबुको सम्झना गर्दै एनआरएनए अमेरिकाको निर्वाचनको बारेमा पनि चर्चा गरिएको थियो । 
 
लामो राजनीतिक छवि भएका कोइरालाकै अगुवाइमा माओवादी द्वन्द्वबाट आक्रान्त नेपाललाई शान्तिको मार्गमा स्थापित गराइ नेपाल गणतान्त्रिक युगमा प्रवेश गरेको थियो ।