मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

शेर्पा किदुग अमेरिकालाई पचास हजार डलर सहयोग प्राप्त

शेर्पा किदुग अमेरिकालाई पचास हजार डलर सहयोग प्राप्त


-हिमालय खबर, न्युयोर्क
न्युयोर्कमा मुख्य कार्यालय रहेको युनाइटेड शेर्पा एसोसिएसन अर्थात् शेर्पा किदुग अमेरिकालाई ५० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ । 
 
शेर्पा किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा [गोल्डेन] को परिवारबाट पचास हजार डलर दान प्राप्त भएको किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताए । 
 
सो दान रकम न्युयोर्कमा निर्माण हुन लागेको बौद्ध स्तुपको लागि प्राप्त भएको जनाइएको छ । शेर्पा किदुगद्वारा गतसाल न्युयोर्कको वालकिलमा बौद्ध स्तुप निर्माणको लागि ६१.३ एकड जग्गा खरीद गरिएको थियो । 
 
सोही जग्गामा निर्माण हुन लागेको बौद्ध स्तूपको लागि लामा परिवारले सहयोग गरेको हो । जम्मा कबोल गरिएको पचास हजार डलरमध्ये २५ हजार पाँच सय पचपन्न डलर गत नोभेम्बरमा हस्तान्तरण गरिएको थियो । शेर्पा किदुग अमेरिकाद्वारा प्रत्येक वर्ष मनाइने ‘ल्हाप्सो’ अर्थात सामुहिक देव पूजा कार्यक्रमको लागि स्तुपा निर्माण हुने जग्गा खरीद गरिएको थियो । 
 
सो जग्गामा किदुगले विश्व शान्ति र पर्यावरणीय स्थिरताको लागि बौद्ध चैत्य स्थापना गर्न लागेको हो । शेर्पा किदुगका महासचिव कर्म लामा, भाई तेन्डी लामा र बैनीहरु किन्जी शेर्पा र बिमला शेर्पाले दिवंगत पिता आङ् पासाङ् लामा र माता क्षोकी लामाको स्मरणमा सो दान गरेका हुन । 
 
लामा परिवारको तर्फबाट छोरा कर्म लामाले शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पालाई पच्चीस हजार पाँच सय पच्पन्न डलरको चेक् हस्तान्तरण गरेका थिए । सोही अवसरमा बोल्दै किदुगका महासचिब समेत रहेका कर्म लामाले विश्व शान्ति र पर्यावरणका लागि दुरगामी प्रभाव पार्ने उक्त चैत्य निर्माणमा योगदान पुर्याउने अवसर पाउनुलाई आफ्नो परिवारको सौभाग्य सम्झेको बताए । 
 
भगवान बुद्धले दिएको शान्ति र करुणा शिक्षा आज युगमा अपरिहार्य देखिएको महसुस भएको हुनाले यस अभियानलाई साथ दिनको लागि समेत उनले सबैलाई आग्रह गरे । दानी परिवार प्रति धन्यवाद ज्ञापन गर्दै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले वहाँहरुको योगदान इतिहासमा अमिट छाप भएर रहने बताए । 
 
विश्व शान्ति र पर्यावरणीय स्थिरताका लागि स्थापित हुने यस स्तुपको प्रारम्भिक नक्सा तयार भइसकेको र पूर्ण परिमार्जित नक्सा चाँडै सार्वजनिक गरिने यसको लागि सबैलाई सहयोगको आव्हान पनि अध्यक्ष शेर्पाले गरेका छन ।