मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

चीन–अमेरिकाबीच सहकार्य आवश्यक : राष्ट्रपति बाइडेन

चीन–अमेरिकाबीच सहकार्य आवश्यक : राष्ट्रपति बाइडेन


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । 
 
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका हुन् । बाइडेनको यो भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवादलाई पनि कूटनीतिक माध्यमबाट समाधान गर्ने सङ्केत राष्ट्रपति बाइडेनले गरेका हुन् । 
 
विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो । ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायहरूको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्त्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा पलाएको छ । 
 
अमेरिकीहरूले विगत चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पु¥याएको चीनको बुझाइ रहेको छ । ट्रम्पको कार्यकालमा चीन–अमेरिका सम्बन्ध एकदम कठिन स्थितिबाट गुज्रिएको थियो ।  
 
वास्तवमा अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैँ इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बाइडेनलाई बधाई सन्देश पठाउँदै चीन र अमेरिका दुवै पक्षले आपसी सम्मान, सहयोग र साझा जीतको आधारमा दुई पक्षीय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउनसक्ने विश्वास व्यक्त गरेका थिए । एजेन्सी