अमेरिका समाचार

अनेसास कोलोराडो शाखाद्वारा निर्वाचन समिति गठन

अनेसास कोलोराडो शाखाद्वारा निर्वाचन समिति गठन


कोलोराडो (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्नका लागि नवीन दत्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिको गठन गरेको छ । 
 
समितिका सदस्यहरुमा भुषणलाल श्रेष्ठ र डा. संगिता श्रोतिया रहनुभएको छ । २०१९ जुलाई देखि कार्यभार सम्हालेको वर्तमान कार्यसमितिले नयाँ निर्वाचित हुने कार्यसमितिको कार्यकाल संशोधित विधान अनुसार नै कायम रहोस् भन्ने उद्देश्यले आफ्नो अवधि दुई बर्ष पुग्नु अगाडि नै निर्वाचन हुन लागेको हो ।

शेयर गर्नुहोस:

1.8k
Shares