मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

४६ औं राष्ट्रपतिको कार्यभार सम्हाले बाइडेनले

४६ औं राष्ट्रपतिको कार्यभार सम्हाले बाइडेनले


वासिङ्गटन डिसी (अमेरिका) – संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जोसेफ बाइडेनले बुधबारदेखि पद सम्हालेका छन् ।
 
डिसीमा आयोजित विशेष समारोहमा बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रबर्टसँग शपथ लिएका थिए । त्यस्तै उपराष्ट्रपतिमा कमलादेबी ह्यारिसले शपथ लिएकी छिन् ।
 
शपथग्रहण पछि संक्षप्त मन्तव्य दिँदै राष्ट्रपति बाइडेनले अमेरिकाको एकताका लागि आव्हान गरेका छन् । गत जनवरी ६ मा अमेरिकाको संसद क्यापिटल हिलमा ट्रम्प समर्थक जत्थाले आक्रमण गरेपछि निकै चिन्ता व्यक्त हुँदै आएको छ । त्यस घटनामा संलग्न कैंयौलाई पक्रिएर मुद्धा अघि बढाइएको छ । 
 
बाइडेनले विभाजननभन्दा एकताका लागि आह्वान गरिरहँदा अमेरिकी परम्परालाई लत्याउँदै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथग्रहण कार्यक्रममा सहभागी भएनन् । बरु उपराष्ट्रपति माइकल पेन्स कार्यक्रममा सहभागी भएर हार्दिकतापूर्बक विदा भएका छन् ।
 
विगत चार वर्षमा ट्रम्पले अमेरिकालाई विभाजन, विवादमा पार्ने भन्दा अरु काम गरेनन् । अमेरिकी शाख र प्रतिष्ठालाई धुलोमा मिलाउन ट्रम्पको बारम्बार प्रयास रह्यो । अमेरिकी इतिहासमा सबैभन्दा नालायक राष्ट्रपतिका रुपमा उनलाई धेरैले चिन्ने भएका छन् । 
 
नोभेम्बर ३ मा भएको चुनावमा पराजित हुँदा समेत त्यसलाई सहजता पूर्बक नसि्वकारेको, समर्थकलाई लगाएर संसदमा दंगा फसाद मच्चाएको र अमेरिकी समाजलाई विभाजित गराउनुभन्दा उनले उल्ल्लेखनीय केही हुन सकेन । 
 
अमेरिकालाई बाँकी विश्वबाट एक्लाउनमा ट्रम्पको ध्यान रह्यो । 
 
बाइडेनले ट्रम्म जस्ता सन्कीबाट विगतमा भएका सबै गलत निर्णयहरु उल्टाएर अमेरिकालाई पुर्ववत गतिमा लैजाने विश्वास लिइएको छ । बुधबारको शपथग्रहणमा पूर्ब राष्ट्रपतिहरु बील कि्लन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा लगायतको उपस्थिती थियो ।