अमेरिका समाचार

अमेरिकी संसदमा घाइते एक प्रहरीको मृत्यु

प्रकाशित |
वासिङ्टन । अमेरिकी संसद् भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । 
 
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसद्भित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । 
 
प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जना संसद् भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो ।
 
क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ । 
 
भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ । एजन्सी
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया