मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता मनोनयन गर्ने बाइडेनद्वारा पुष्टि

मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता मनोनयन गर्ने बाइडेनद्वारा पुष्टि


वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बिहीबार मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता मनोनयन गर्ने बताएका छन् । पाँच वर्ष पहिले रिपब्लिकन पार्टीले सर्वोच्च अदालतको न्यायाधीशमा ल्याउन इन्कार गरेका गारल्यान्डलाई मध्यमार्गी न्यायाधीशका रूपमा लिने गरिएको छ । 
 
वासिङ्गटनको संघीय पुनरावेदन अदालतका न्यायाधीश रहेका गारल्यान्ड कुनै पनि राजनीतिक दलसँग झुकाव नराख्ने व्यक्तिका रूपमा हेर्ने गरिएको छ । बाइडेनले बिहीबार न्याय मन्त्रालयका प्रमुख अन्य पदमा पनि विभिन्न व्यक्तिलाई सिफारिस गर्ने अनुमान गरिएको छ।
 
६८ वर्षीय गारल्याण्डले निजी क्षेत्रको वकिल र संघीय अभियोजनकर्ताका रूपमा लामो समय काम गरेको अनुभव रहेको छ । सन् २०१६ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले उच्च अदालतमा गरेको सिफारिसलाई रिपब्लिकन सिनेटलेले रोकिदिएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष उनलाई न्यायालयको उक्त रिक्त स्थानमा मनोनयन गरेका थिए ।  
 
सन् १९९३ मा उनले ओक्लाहोमा सहर र एटलान्टा ओलम्पिक बम विष्फोटसहित महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा मुद्दा हेर्ने जिम्मेवारीसहित उप सहायक महान्यायाधिवक्ताका रूपमा न्याय मन्त्रालयमा काम गरेका थिए ।  
 
सन् १९९७ मा तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उनलाई वासिङ्गटन पुनरावेदन अदालतमा सिफारिस गरेका थिए र त्यतिवेला डेमोक्र्याटिक र रिपब्लिकन सिनेटका सदस्यहरूको व्यापक समर्थन प्राप्त भएको थियो ।
 
उनीपछि सन् २०१३ मा उक्त अदालतको प्रमुख न्यायाधीश भएका थिए पछि सन् २०१६ मा पूर्वराष्ट्रपति ओबामाले उनलाई सर्वोच्च अदालतका न्यायाधीश एन्टोनिन स्कालियाको मृत्युपछि खाली सिटमा सिफारिस गरेका हुन् । 
 
महान्यायाधिवक्ताको रूपमा उनलाई अमेरिकी सिनेटले सजिलै अनुमोदन गर्न सक्ने देखिएको छ किनकि उनलाई दुवै दलको मत मिल्ने सम्भावना रहेको छ । एजेन्सी