मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिनमा हालसम्मकै धेरैको मृत्यु

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिनमा हालसम्मकै धेरैको मृत्यु


वासिङ्टन । कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार १५७ जनाको मृत्यु भएको छ । 

कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७९ हजार ९७१ जनाको मृत्यु भएको छ भने एक करोड ४३ लाख १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।  

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ । एएनआई