मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा


लस एन्जलस । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो ।

देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आममानिसलाई भीडभाड गर्न रोक लगाइएको छ । भीडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।

तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागू हुनेछ । झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।    

स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ । सार्वजनिक वा व्यक्तिगत रुपमा पनि कुनै घरपरिवारले भिडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ । 

चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरुलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन् । संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरुको भनाइ छ । एपी