
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।
अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।
तर, राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।
यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो । रुस र अमेरिकासहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एकअर्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए ।
रुस र अमेरिकाले प्रायः एकअर्का मुलुकमाथि सन्धिका प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए । तर ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।
ट्रम्प प्रशासन यसअघि इरानसँगको भएको सन् २०१५ को आणविक सम्झौताबाट पनि अलग भएको घोषणा गरेको थियो । साथै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट समेत ट्रम्प प्रशासन बाहिरिएको थियो ।
हाल राष्ट्रपति–निर्वाचित जो बाइडेनले पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसकेका छन् । एएफपी

हिमालय खबर -
- प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तने खतरा : अध्यक्ष नेपाल
- प्रतिनिधिसभा विघटनको मुद्दा : टुङ्गियो क्षेत्राधिकार विवाद
- भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यक : गृहमन्त्री
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना : परराष्ट्रमन्त्री ज्ञवाली
- सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष तिमल्सिना
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई
- बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
प्रतिक्रिया