मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

परिणाम आफ्नो पक्षमा नआएपछि ट्रम्प ट्वीटरमाथि रुष्ट, निर्वाचनमा धाँधली भएको आरोप

परिणाम आफ्नो पक्षमा नआएपछि ट्रम्प ट्वीटरमाथि रुष्ट, निर्वाचनमा धाँधली भएको आरोप


वासिङ्टन । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पले परिणाम आफ्नो पक्षमा नआएपछि विभिन्न आरोप लगाउनेक्रम बढेको छ । उनको पछिल्लो आरोप छ, ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो ।  

उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि रुष्ट बन्दै उनले उक्त सामाजिक सञ्जाल आफ्नाविरुद्धमा गएको दुस्प्रचार गर्दै ट्वीटर नियन्त्रणभन्दा बाहिर भएको र निर्वाचनमा धाँधली भएकोसमेत भन्न भ्याएका छन् । उनले यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्ने दाबी गरेका छन् । 

उनले भने– यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरुमात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु । अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको उनको आरोप छ । उनले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने जिकिर गर्दै आएका छन् ।  

उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ । 

बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दाबी गरेका थिए । उनले हाल मतगणना जारी रहेका राज्यमा मत गणना गर्न रोक्नुपर्ने बताएका हुन् ।      

यहाँ धेरै अवैध मतदान भएको भन्दै उनले मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए । एएनआई