मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पेरिस सम्झौताबाट अमेरिका औपचारिकरुपमा बाहिरियो

पेरिस सम्झौताबाट अमेरिका औपचारिकरुपमा बाहिरियो


वासिङ्टन । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ । अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

ती सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि सुरु गरेको सो अभियानबाट आज बुधबार औपचारिक रुपमा बाहिरिएको हो । उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि सुरु गरेको थियो ।

त्यस निर्णयको कार्यान्वयन बुधबार भएको बताइएको हो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँग एक सम्झौता गरेको थियो ।

त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो । तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उहाँले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेको थिए । अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए । 

केही महिनाअघिसम्म नै उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरिरहेको भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने सो निर्णय मानेनन् । एएनआई