मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ट्रम्पलाई फ्लोरिडामा सफलता, मतगणना रोक्न अदालत जान सक्ने चेतावनी

ट्रम्पलाई फ्लोरिडामा सफलता, मतगणना रोक्न अदालत जान सक्ने चेतावनी


वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ । 

तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्त्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका छन् ।  

Advertisement

करोडौँ मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरेका छन् । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए । 

उनले भनेका छन् “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।” उनले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताए । 

उनले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिए । राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गर्नु भएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ठ सदस्यहरुले अपरिपक्व भनाइ भन्दै ट्विट गरेका छन् । (एपी–एएफपी)

 

शेयर गर्नुहोस:

0
Shares