मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पर्व समय सुधारसम्बन्धी अन्तरसम्वाद कार्यक्रम

पर्व समय सुधारसम्बन्धी अन्तरसम्वाद कार्यक्रम


फ्लोरिडा, अमेरिका । पर्व समय सुधार अमेरिका समाजको संयोजनामा अन्तरसम्वादको तेस्रो श्रृंखला आइतबार ओर्ल्याण्डो फ्लोरिडामा सम्पन्न भएको छ ।  

अनेसास फ्लोरिडा च्याप्टरको प्राविधिक एवं र पर्व समय सुधार कार्यसमितिको मानवीय श्रोतको सहयोगमा आयोजित उक्त कार्यक्रम न्युयोर्क समय सॅाझ ८ः१५ बजे कार्यक्रम संयोजक एवं संचालक निजानन्द मल्लले परिसम्वादको उद्देश्य एवं औचित्यमाथि प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई समाजको तर्फबाट स्वागत गरे । 

सो अवसरमा सूर्य प्रकाश जमरकट्टेलले सौरमण्डलको वर्णनसहितको खगोलीय व्याख्याको सार्थक कविता वाचन गरेका थिए । 

परिसम्वाद कार्यक्रममा नेपाल सरकारको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव ई. हरिनारायण मल्लले “काष्ठमाण्डवको पृष्ठभूमि र पर्व सुधारसँगको सम्वन्ध”,  वाल्मीकि क्याम्पस, नेपाल संस्कृत विश्वविद्यालयका सहप्रध्यापक जयन्त आचार्यले “अयनॅाशमा आएको परिवर्तन र पर्व समयमा पर्ने प्रभाव” र पृथ्वीनारायण बहुमुखी क्याम्पसका उपप्रध्यापक कल्याण पन्तद्वारा “पर्व सुधारका वैज्ञानिक आधारहरु” बारे आआफ्ना अवधारणाहरु प्रस्तुत गरेका थिए ।  

जसमाथि पाटन क्याम्पसका प्राध्यापक राजन जोशी, ललितपुरका प्रथम राज बज्राचार्यलगायत च्यॅाटिंगबाट पोखराका टपेन्द्र रिजाल, गोर्खाका बद्री मास्के, चितवनका हीरा अधिकारी, अमेरिका एप्पलटनका विष्णु अधिकारी, परासीका श्याम बसेललगायत विभिन्न सहभागीहरुले आआफ्ना जिज्ञासा, सुझाव र भनाइहरु राखेका थिए भने तिनलाई थप प्रष्टयाउने, जोडने र सच्याउने जमर्को सम्बम्धित प्रस्तोतालगायत ज्योतिषिज्ञ खगोलविद् प्रमोद आचार्य कौड्यायानन् र दिनानाथ पण्डितहरुले गरेका थिए । 

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्र एवं समग्र कार्यक्रमको सम्वन्धमा सर्वोच्च अदालतका पूर्व मुख्य रजिष्टार, नेपाल ल कलेजका कार्यकारी निर्देशक र नेपाल शिक्षण परिषद्का अध्यक्षसमेत रहेका संविधानविद् डा. रामकृष्ण तिमिल्सिना, विस्कान्सिनका डा. रमेश खनाल, बोस्टनका डा. डिल्लीप्रसाद पौडेल, युएसएफ ट्याम्पाकी प्राध्यापिका डा. प्रगति घिमिरे, नेपाल संस्कृत विश्वविध्यालयअन्तर्गतका तनहुँका भानु संस्कृत विद्यापीठका प्राचार्य पूर्णचन्द्र वाग्ले, पोखरा महानगरकी महिला अभियन्ता संगीता तिमिल्सिनालगायतका विद्वान् सहभागीहरुले कार्यक्रम अत्यन्त उपयोगी एवं महत्त्वपूर्ण रहेकोले हाम्रो मौलिक सॅास्कृतिक, धर्मदर्शन र ज्ञानहरुलाई अझै उत्खनन गरेर यथार्थता जनसमक्ष ल्याएर पर्व समयादि सुधार्न पर्नेमा सुझावसमेत दिएका थिए । 

कार्यक्रमको अन्त्यमा पर्व समय सुधार सम्बन्धमा ज्योतिष, खगोलीय गणित, धर्म दर्शन, ऐतिहासिक घटना परिघटना प्रमाणहरु र प्रयोगहरुको शोध खोज गर्दै तत्सम्वन्धित विज्ञ एवं बिद्वानहरुलाई आमन्त्रण गर्दै आमजनहरुमा तत्थ्य विषय वस्तुहरु क्रमिकरुपमा अघि ल्याउँदै जानेमा समाज कृतसंकल्पित रहेको व्यहोरा निजानन्द मल्लले जानकारी गराउँदै कार्यक्रमको सफलतामा पृष्ठभूमिबाट सहयोग गर्ने उपाध्यक्षद्वय कृष्ण प्र. न्यौपाने, दिनानाथ पण्डित, प्राविधिक सहयोगी महासचिव बलराम श्रेष्ठ र सचिव सन्दीप सापकोटालगायत सम्पूर्ण समाजका पदाधिकारीहरुप्रति आभार प्रकट गरे । पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको केन्द्रीय अध्यक्ष महेश्वर जुजु राजोपाध्यायले कार्यपत्र प्रस्तोतात्रय, अतिथि विद्वानवर्ग, सम्पूर्ण सहभागी एवं अमेरिका समितिलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।