मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विश्वभर संक्रमितको संख्या चार करोड ११ लाख नाघ्यो, ११ लाख ३१ हजार बढीको मृत्यु

विश्वभर संक्रमितको संख्या चार करोड ११ लाख नाघ्यो, ११ लाख ३१ हजार बढीको मृत्यु


वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड ११ नाघेको जोन्स हकिन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । 

उक्त विश्वविद्यालयका अनुसार विश्वभर चार करोड ११ लाख ६८ हजार ५९२ जना कोभिड १९ बाट सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभर ११ लाख ३१ हजार ६४५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच, विश्वभर रहेका कुल सङ्क्रमितमध्ये तीन करोड ७ लाख १ हजार १२७ व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख २४ हजार १०१ व्यक्ति सङ्क्रमित रहेका छन् । 

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २६ हजार २७३ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । 

कोरोना  भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७६ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने ब्राजिलमा ५२ लाख ७४ हजार ८१७ व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ४७ हजार ३३५ जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६८ लाख ११ हजार ४०३ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो । एएनआई