मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिँदै, ट्रम्प सबैतिर आक्रामक

अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिँदै, ट्रम्प सबैतिर आक्रामक


टक्सन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिँदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा, एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोश व्यक्त गरेका छन्।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सबैभन्दा नराम्रो दबाब भोग्नु पर्‍यो । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् ।

उनले फाउचीलगायतका विज्ञहरुमाथिको उनको अभिव्यक्ति सबैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जाँदै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरेका छन् ।

“फाउची र उनीहरुजस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैँमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था बिग्रिएको हो,” ट्रम्पले भनेका छन् । त्यसैगरी कोरोनाभाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।

“म डराएको आत्तिएको छैन,” टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने । “मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,” उनले थपे ।

उनले आफूहरुले जित्ने विश्वास र आधार देखिएको दाबी गर्दै आफ्नो फेरि जीत हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गरे । उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामा भन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफूहरु ठीक अवस्थामा रहेको पनि बताए । एपी