मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार नाघ्यो

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार नाघ्यो


न्युयोर्क । अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार आइतबार संक्रमितको संख्या ८३ लाख ४२ हजार नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख २४ हजार २८२ जना रहेको छ ।

Advertisement

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । गत २४ घन्टामा संक्रमितको संख्या ५४ हजार २६२ पुगेको छ । एएनआई

 

शेयर गर्नुहोस:

405
Shares