मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसमसअघि नै फर्काइन्छ : ट्रम्प

अफगानिस्तानमा रहेका अमेरिकी सेना क्रिसमसअघि नै फर्काइन्छ : ट्रम्प


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई क्रिसमसअघि नै स्वदेश फर्काइने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराएका हुन् । 

उनले भने, “अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो सङ्ख्यामा त्यहाँ रहेको र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ ।” 

एक दिनअघि राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले अफगानिस्तानमा करिब पाँच हजार अमेरिकी सेनामात्र रहेको र सन् २०२१ को सुरुसम्ममा यो सङ्ख्यालाई दुई हजार पाँच सयमा झार्ने योजना सरकारको रहेको बताएका थिए । 

तालिवान लडाकु र उनीहरूका परिवारका सदस्य र अफगानी सुरक्षा फौज, अमेरिकी सेना र अफगानी सर्वसाधारणसहित गरी अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि अहिलेसम्म एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको राष्ट्रसंघको तथ्यांक रहेको छ । 

अमेरिकी सेनालाई फिर्ता गर्ने विषयमा तालिवान, अमेरिकी सरकार र अफगानी सरकारबीच सहमति बनिसकेको छ । ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने विषयलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्ने एउटा गतिलो एजेन्डाका रूपमा लिएको देखिन्छ ।