मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

दर्जनौँ विश्व नेताद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

दर्जनौँ विश्व नेताद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना


वासिङ्टन । दर्जनौँ विश्व नेताहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना  गरेका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिस्पर्धी जोए बाइडेनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  

उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । 

अहिले ७४ वर्ष पुगेका राष्ट्रपति ट्रम्प र ५० वर्षिया उनकी पत्नी मेलानिया शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरने छौँ ।”

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तिसँगै कोरोनाभाइरसबाट सङ्क्रमित सबैको स्वास्थ्य लाभको कामना गरेका छन् । 

त्यसैगरी पूर्वराष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिस्पर्धा गरेकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।  

स्वदेशी नेताबाहेक अन्य देशका पनि दर्जनौँ नेताहरुले उनलाई शीघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् । उनीहरुमध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार पढाएको सन्देशलाई महत्त्वका साथ हेरिएको छ । 

“उहाँहरुलाई जतिसक्दो चाँडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,” किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ । लामो समयदेखि एक अर्कालाई मुख्य दुस्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शीर्ष नेताद्धय ट्रम्प र किमबीच पटकपटक शिखर वार्ता भएका थिए ।    

त्यसैले पनि उनीहरुले एक अर्काप्रति विशेष निकटता प्रदर्शन गर्ने गरेका छन् । यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।