मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएन अमेरिकाको नवौ सम्मेलन (AGM) कोलोराडोमा हुने

एनआरएन अमेरिकाको नवौ सम्मेलन (AGM) कोलोराडोमा हुने


कोलोराडो (अमेरिका)- एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्कीको अध्यक्षतामा संस्थाको पहिलाे  बैठक सम्पन्न भयाे ।
 
जनवरी १८ शनिवारका दिन याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न  कार्यसमिती  (२०१९ – २०२१)  को पहिलाे बैठकले एनआरएन अमेरिकाको नवौ सम्मेलन (AGM) कोलोराडोमा गर्ने एनसीसी अमेरिकाको  निर्णयलाई  सधन्यवाद आत्मसात गर्दै कोलोराडोमा रहेका वीभीन्न संघसंस्था र अग्रजहरुको सुझाव, सहयोग, सहभागिता एवं सल्लाहमा (AGM)लाइ सफल बनाउने नियर्ण गरेको छ ।  त्यसैगरी बैठकले नोमीनेशन गरेर पनि प्राविधिक कारणबस रिक्त रहेको उपाध्यक्ष र बोर्ड अफ डाइरेक्टरमा क्रमश रामचन्द्र ( आरसी ) पन्त र शम्भु शर्मालाइ नियुक्त गर्ने निर्णय गर्दै ५ सदस्सिय सल्लाहकार समिती चयन गरेको छ ।
 
यसरी बैठकाे सर्वसम्मतीमा चयन सल्लाहकार समितीका सदस्यहरूमा क्रमश धर्मराज श्रेष्ठ, गणेश भन्डारी, बासुदेव खनाल, राज (लीलानाथ) ढूंगाना, कृष्णप्रसाद अधिकारी रहेका छन् ।
 
उक्त वैठकमा अध्यक्ष कुमारजंग कार्की ,सचिव नवराज न्यौपाने ,कोषाध्यक्ष विष्णु पौडेल (प्रकाश) ,यूथ कोओर्डिनेटर दीपक सुनुवार, महिला कोओर्डिनेटर दीपा भट्टराई बोर्ड अफ डायरेक्टरहरु क्रमश दीपक ढकाल , प्रेम रेग्मी र रिमा गूरुङ होडा को उपस्थिति रहेको र अर्का बोर्ड अफ डायरेक्टर मोहन श्रेष्ठ लाइ फोन मार्फत जानकारी गराईएको सचिव नवराज न्यौपानेले बताएका छन् ।

शेयर गर्नुहोस:

0
Shares