ड्यालस (अमेरिका) – टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स क्षेत्रमा व्यबसायमा संलग्न नेपालीहरुको संस्था ‘नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स’ को अध्यक्षमा बाल जोशी चयन भएका छन् । जोशी यसअघि महासचिव थिए ।
विहीबार साँझ आयोजित विशेष कार्यक्रममा अध्यक्ष बाल जोशी सहित कार्यसमितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । चेम्बरको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सुदीप अधिकारी, प्रदीप गिरी, डा. शिलु घिमिरे न्यौपाने र स्मृति कार्की चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. विष्णुमाया उपाध्याय, सन्तोष चौधरी, सुरेश पोखरेल, कृष्ण भण्डारी, शैलेन्द्र मानन्धर, सुनिल गौतम, विजयराज भट्टराई, प्रेम शाही र सुरज पौड्याल चयन भएका छन् ।
शपथ ग्रहण कार्यक्रममा सहभागीहरुले नवनियुक्त पदाधिकारीहरुलाई शूभकामना दिएका थिए ।






प्रतिक्रिया