काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँको बैठकको निर्णयअनुसार विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरुको जिज्ञासालाई सम्बोधन गर्दै २०७६ साल कात्तिक १२ गते अर्थात् २९ अक्टोबर ,२०१९ मा भाइटीकाको साइतबारे निर्णय गरिएको छ ।
समितिका सभापति माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले नेपालमा बिहान ११ः५५ मा साइत निकालेको छ ।
भारतमा कात्तिक १२ गते ११ः४५ मा साइत परेको छ भने अमेरिकाका विभिन्न स्टेट तथा विश्वका विभिन्न देशमा बस्ने नेपालीको भाइटीकाको साइतबारे तलको तालिका हेर्नुहोस् ।
प्रतिक्रिया