काठमाडौं । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा ऐतिहासिक उच्च गिरावट दर्ता भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ।
मूल्यमा भारी गिरावट आएपछि आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो कारोबार भएको दिन छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो।
त्यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र मूल्य समायोजनका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यस प्रकारको ठूलो गिरावट आएको व्यवसायीहरूले जनाएका छन्।













प्रतिक्रिया