हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) मा गत सातासम्म सबैभन्दा धेरै सोधिने प्रश्न अध्यक्ष भवन भट्टले अर्को कार्यकालका लागि उम्मेदवारी दिन्छन् वा दिन्नन् भन्ने थियो ।
तीन दिन अघि फेसबुक लाइभ मार्फत भट्टले आफु आउने कार्यकालका लागि नउठ्ने घोषणा गरेका छन् । उनको यो घोषणाले यो प्रश्न लगभग सकिएको छ । अव सजिलैसँग उपाध्यक्ष कुमार पन्त अध्यक्ष हुने संभावना बढेर गएको छ ।
पन्त दुई बर्ष अघि नै अध्यक्ष्ँका आकांक्षी थिए । तर, भट्टले उनलाई अर्को कार्यकालमा सघाउने गरि सहमतिमा ल्याएका थिए । अहिले भवनले आफ्नो सहमति कायम राख्न स्वभाविक रुपमा यो घोषणा गरेको पन्तको वुझाई छ ।
अध्यक्ष भवनले समय छँदै आफु अर्को कार्यकाल नउठ्ने भनेर अरु नेतृत्वका आंकाक्षीहरूलाई त्यस अनुुरुप तयारी गर्न सजिलो वातावरण बनाईदिएका छन् । भवनलाई लिएर बन्न सक्ने प्यानल अब हुने छैन ।
यसले कुमार पन्तलाई अध्यक्ष हुन सहज वातावरण मात्र होइन सहमतिको वातावरण समेत बन्दै गएको छ । सहमतिमै अध्यक्ष बन्ने संभावना उनको छ ।
एनआरएनएका अर्का उपाध्यक्ष कुल आचार्यले पनि आफु स्वभाविक रुपमा अध्यक्षको दावेदावी रहेको बताएका छन् । नेपाली कांग्रेस निकट एनआरएनहरुले उनलाई उठाउन चाहेको हल्ला पनि छ । एनआरएनए निर्वाचनमा कुनै पनि राजनीतिक पार्टीको प्रभाव खासै छैन । त्यसैले कुलका लागि एक कार्यकाल पर्खिनु नै सही निर्णय हुन्छ र आफ्नो अध्यक्षको दावेदारी चर्चामा राखेपनि अन्तिम समयमा कुलले मुर्खतापुर्ण निर्णय नगर्लान भन्ने धेरैको अनुमान छ । यसको लागि पहल पनि हुने छ ।
भवनको उम्मेदवारी नदिने घोषणाले आउने अक्टोबर दोस्रो साता काठमाडौ हुने एनआरएनएको चुनावी वातावरण भने केही मत्थर हुने छ । डेलिगेशनमा को पर्ने को नपर्ने भन्ने प्रतिस्पर्धा पनि कम हुने छ । एनआरएनएका पेचिला मुद्दाहरुमा गम्भिर बहस हुन सक्छ ।
विदेशमा वस्ने नेपालीको हक हितका लागि एउटा अभियानका रुपमा शुरु भएको एनआरएनए अहिले गम्भिर मोडमा छ । विदेशमा वस्ने नेपालीका मुद्दाहरु पेचिला वनेका छन् । एनआरएन नागरिकता प्राप्त गर्ने प्रावधान अझै टुंगो लागेको छैन । एनआरएनएको महत्वकांक्षी लाप्राक वस्तीको टुंगोमा पुगेको छैन । ढिलो र कमजोर डिजाइनमा वन्यो भने आरोप पनि छ । त्यहाँ समस्याहरु देखिएका छन् । विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदहरुमा समस्या देखिरहेको छ । त्यहाँ चुनावी राजनीति हाबी वनेको छ । यस्ता कयौं मुद्दाहरुलाई सल्टाएर लैजान सक्ने नेतृत्व अहिले आवश्यक छ । यसका लागि एनआरएनएका काठमाडौमा भेला हुने अगुवाहरुले गम्भिर छलफल गर्न सक्छन् । यसलागि वातावरण भने बन्दै छ ।
भवनको नउठ्ने घोषणाले अमेरिकावाट आईसीसीमा प्रतिनिधित्व गर्ने समिकरणमा पनि तलमाथि हुनेछ । क्षेत्रीय संयोजक गौरी जोशीलाई आईसीसीमा जाने सहज वातावरण बन्दै गएको छ । उनलाई भवन र कुमार दुवैले रुचाएका छन् । जोशीका लागि भवनको यो निर्णयले सजिलो वनाएको छ ।
एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेल महासचिवमा उम्मेदवारी दिने पक्षमा थिए । त्यही पदमा युरोपवाट हेमराज शर्मा पनि आंकाक्षी भएकाले डा. पौडेललाई सजिलो हुने छैन । केन्द्रको सहमितले अन्य पदमा पनि प्रभाव पार्नेछ ।
भवनले किन नउठ्ने घोषणा गरे ?
भवनले किन दोस्रो कार्यकालका लागि अगाडी नवढ्ने घोषणा गरे ? यो प्रश्न भने धेरैमा छ । भवनले आफुले अवकाश लिएको नभई ड्राईभरको सिटबाट पछाडीका सिटमा गएको बताएका छन् ।
अध्यक्ष हुँदा भवनले प्रशस्त समय एनआरएनएमा दिए । यसले गर्दा उनले जापान र नेपालको व्यवसायमा पर्याप्त समय दिन सकेका थिएनन् । उनले पछाडीको सिट रोज्नुमा यो पनि एउटा कारण हुन सक्छ । यसवाहेक कुमारसँगको पुर्व सहमतिले पनि उनलाई रोकिनु पर्ने थियो ।
एनआरएनएमा प्रदुषित राजनीतिक नहोस, नेतृत्व गर्ने चाहना सवैको पुरा होस, सहमतिको वातावरण बनोस भन्ने उद्देश्यले पनि भवनले यो निर्णय गरेको देखिन्छ । यो सही पनि हो ।
प्रतिक्रिया