मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मार्च १७ मा लसएन्जल्समा होली (भिडियो सहित)

मार्च १७ मा लसएन्जल्समा होली (भिडियो सहित)


क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज र सिटी अफ आर्टेशियाको संयुक्त आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली यसपाली लसएन्जल्समा आगामी मार्च महिनाको १७ तारिख मध्यान्ह १२ बजेदेखी साँझ ५ बजेसम्म आर्टेसिया पार्क 18750 Clarkdale  Ave, artesia CA 90701 मा मनाईंदैछ ।
 
यो चाँड विशेष गरि हरेक बर्षको फागुण शुक्ल तथा फागु पुर्णिमाको दिन मनाईन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दु हरुको विशेष चाँड हो । होलीको दिन मानिसहरुले एक आपसमा रगंहरु हालेर तथा रंगहरु सँग खेल्ने पर्व हो । 
 
यस कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाहले जानकारी दिए I  लसएन्जल्स क्षेत्रमा बसोबास गर्ने सबैलाई होलीमा सहभागी भएर रमाइलो गर्न आयोजकहरुले अनुरोध गरेका छन् । 
 

शेयर गर्नुहोस:

54
Shares