क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज र सिटी अफ आर्टेशियाको संयुक्त आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली यसपाली लसएन्जल्समा आगामी मार्च महिनाको १७ तारिख मध्यान्ह १२ बजेदेखी साँझ ५ बजेसम्म आर्टेसिया पार्क 18750 Clarkdale Ave, artesia CA 90701 मा मनाईंदैछ ।
यो चाँड विशेष गरि हरेक बर्षको फागुण शुक्ल तथा फागु पुर्णिमाको दिन मनाईन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दु हरुको विशेष चाँड हो । होलीको दिन मानिसहरुले एक आपसमा रगंहरु हालेर तथा रंगहरु सँग खेल्ने पर्व हो ।
यस कार्यक्रममा एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाह प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाहले जानकारी दिए I लसएन्जल्स क्षेत्रमा बसोबास गर्ने सबैलाई होलीमा सहभागी भएर रमाइलो गर्न आयोजकहरुले अनुरोध गरेका छन् ।
प्रतिक्रिया