काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिइन् ।
उनले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन् ।
उनी २०७४ साल मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । पौडेलले पहिलोपटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
उनले निजी जीवनमा व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको स्पष्ट पारेकी छिन् । पौडेलले दुईसाताअघि सञ्चारकर्मी रवि लामिछानेसँग कार्ट म्यारिज गरेकी थिइन् ।






प्रतिक्रिया