मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा

चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । 
 
पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिइन् । 
 
उनले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन् । 
 
उनी २०७४ साल मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । पौडेलले पहिलोपटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामा पत्रमा उल्लेख गरेकी छन् । 
 
उनले निजी जीवनमा व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको स्पष्ट पारेकी छिन् । पौडेलले दुईसाताअघि सञ्चारकर्मी रवि लामिछानेसँग कार्ट म्यारिज गरेकी थिइन् । 
 

शेयर गर्नुहोस:

0
Shares