नेपाल

डा केसीको पक्षमा चिकित्सक संघले रिले अनसन गर्ने

डा केसीको पक्षमा चिकित्सक संघले रिले अनसन गर्ने


काठमाडौं । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनसन सुरु गर्ने भएको छ ।
 
आइतबार काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो ।
 
काठमाडौं उपत्यकाका चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनसन गर्ने चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
 
‘काठमाडौं उपत्यकाबाहिरका डाक्टरहरुले आफू कार्यरत अस्पतालमा वा संघको शाखा कार्यालयमा रिले अनसन बस्नेछन्’ उनले भने । 
 
यसअघि चिकित्सक संघले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति हुबहु पालना गर्दै चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतका माग राखेर १८ दिनदेखि केसी १६ औं अनसनमा छन् ।