इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित सामुद्रिक तटमा आएको सुनामीका कारण कम्तीमा २ सय २२ जनाको मृत्यु भएको छ ।
गएको शनिबार राति ज्वालामुखीका कारण समुन्द्रभित्र पहिरो जाँदा सुनामी आएको थियो । सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ । ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण सुनामीबाट आइतबार अपरान्हसम्म २ सय २२ व्यक्तिको मृत्यु भएको छ ।
यस ज्वालामुखी र आँधीको थुप्रै भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । उद्धारकर्मीहरूले रातभर सुनामीका कारण फसेका मानिसहरूको खोजिकार्य जारी राखेका छन् । सुनामीका कारण थुप्रै संरचनाहरु भत्किएका छन् ।
इण्डोनेसियाका विपद व्यवस्थापन निकायका प्रमुख सुतोपो पुर्वो नुग्रोहोले जाभामा पत्रकार सम्मेलन गरि थप सुनामीको सम्भावना बाँकी रहेको बताएका छन् ।







प्रतिक्रिया