मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इण्डोनेसियामा सुनामीका कारण हालसम्म २ सय २२ जनाको मृत्यु

इण्डोनेसियामा सुनामीका कारण हालसम्म २ सय २२ जनाको मृत्यु


इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित सामुद्रिक तटमा आएको सुनामीका कारण कम्तीमा २ सय २२ जनाको मृत्यु भएको छ । 
 
गएको शनिबार राति ज्वालामुखीका कारण समुन्द्रभित्र पहिरो जाँदा सुनामी आएको थियो । सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ । ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण सुनामीबाट आइतबार अपरान्हसम्म २ सय २२ व्यक्तिको मृत्यु भएको छ ।
 
यस ज्वालामुखी र आँधीको थुप्रै भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । उद्धारकर्मीहरूले रातभर सुनामीका कारण फसेका मानिसहरूको खोजिकार्य  जारी राखेका छन् । सुनामीका कारण थुप्रै संरचनाहरु भत्किएका छन् ।
 
इण्डोनेसियाका विपद व्यवस्थापन निकायका प्रमुख सुतोपो पुर्वो नुग्रोहोले जाभामा पत्रकार सम्मेलन गरि थप सुनामीको सम्भावना बाँकी रहेको बताएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares